भुसाल र पाण्डेसहितका १२ नेतालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ : एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ जना नेतालाई बुधबार स्पष्टीकरण सोधेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले २४ घण्टे स्पष्टीकरण सोधेर पत्र पठाइएको जानकारी दिए ।
‘आज आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ पूर्वसांसदलाई स्पष्टीकरण सोधिएको छ,’ सचिव तामाङले इकागजसँग भने, ‘२४ घण्टामा जवाफ पठाउन भनेका छौं ।’
सोमबार बसेको स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधव नेपालसहितका ११ जना नेताहरुलाई पार्टीको साधरण सदस्य समेत नरहने गरी निष्कासन गर्ने र १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुरुप आज स्पष्टीकरण सोधिएको तामाङले जानकारी दिए ।
उनका अनुसार घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञराज सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोधिएको हो ।
मौखिक सम्झाउने प्रयास सफल नभएपछि लिखित नै सोधेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको हो । पत्रको जवाफ नआएमा वा आएर चित्तबुझ्दो नभएमा सम्भव भए भोलि नभए पर्सी स्थायी समिति बैठक बसेर कारबाही गर्ने तयारी भएको स्रोतले बतायो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया