टोरन्टोमा ‘गाउँ आएको बाटो’को वर्ल्ड प्रिमियर, दया र पशुपतिको अभिनयको प्रशंसा

टोरन्टो । नवीन सुब्बाको निर्देशन रहेको ‘गाउँ आएको बाटो’को आइतबार क्यानाडाको टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा भव्य प्रिमियर भएको छ । प्रिमियरमा फिल्म हेर्दे दर्शकले फिल्मसँगै कलाकार दयाहाङ राई र पशुपति राईको अभिनयको प्रशंसा भएको छ ।
फिल्म हेर्न प्रिमियरमा पुगेकी लेखक मन्जुश्री थापाले प्रिमियरका तस्बिर फेसबुकमा सेयर गर्दै स्क्रिनिङपछि निर्देशक नविन सुब्बाले पहिलो पुस्ताका स्वतन्त्र निर्देशकको अनुभव साझा गरेको बताएकी छिन् । योसँगै उनले फिल्मका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र दुवैको छोरा बनेर खेलेका प्रसाई राईको अभिनयको तारिफ गरेकी छिन् ।
आइतबार टोरन्टोमा भएको प्रिमियरमा दयाहाङ राई र पशुपति राईले पनि आफ्नो भूमिकाको बारेमा चर्चा गरेको उनले उल्लेख गरेकी छिन् । आइतबार भएको प्रिमियरमा निर्देशक सुब्बा र कलाकारसँगै निर्माता आमोद राई पनि मञ्चमा थिए ।
यसअघि प्रेस स्क्रिनिङ पनि समीक्षकले फिल्म रुचाएको नवीन सुब्बाको प्रतिक्रिया थियो । प्रेस स्क्रिनिङ पछि लामो समीक्षा लेख्दै मुभी बफका लागि समीक्षा लेख्दै पल इम्मानुएलले चलचित्रले आधुनिकताको चित्रणमार्फत मानिसको अवस्थामाथि दार्शनिक प्रश्न छाडेको बताएका छन् ।
उनले नविन सुब्बा निर्देशित फिल्मले आधुनिकताको बाटोले जीविका र अस्तित्व रक्षाको सवालमा गम्भीर चुनौती खडा गरेको कुरालाई सशक्त ढंगले चित्रण गरेको बताएका छन् ।
उनले पनि दयाहाङ राईको अभिनयको प्रशंसा गर्दै उनको अभिनयले बहुआयामिक हिसाबले प्रभावित गर्ने बताएका छन् । ‘सम्पन्न जीवनको खोजीमा हामी उनीसँगै यात्रामा निस्कन्छौँ ’ समीक्षा भित्र दयाको तारिफ गर्दै उनले लेखेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया