निषेधाज्ञा उल्लंघन गर्नेलाई १ वर्ष कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना

जनकपुरधाम : संक्रमितको संख्या दिनहुँ थपिँदै गएपछि कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश कार्यान्वयनमा ल्याइएको छ । अध्यादेश विपरित कार्य गरेमा वा कार्यान्वयनमा बाधा पुर्याउनेलाई कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाण्डेले बताएका छन् ।
उनले भने,'अहिलेसम्म पिडामार्का बुझेर व्यवहारिक रुपमा कारबाहीमा कडाई गरिएको थिएन तर संक्रमित हुनेको संख्या तिव्र रुपमा बढदै गएपछि अध्यादेश बमोजिम अघि बढन लागेका हौँ ।'
निषेधाज्ञा उल्लंघनको कारण दिनहुँ संक्रमित हुनेको संख्या बढ्दै गएपछि अध्यादेशलाई कार्यान्यनका लागि त्यसमा भएका दण्ड सजाय व्यवस्थासहितको सार्वजनिक सूचना नै जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको छ । प्रजिअ पाण्डेले भने,'तिब्ररुपमा बढ्दै गएको संक्रमणको रोकथाम तथा नियन्त्रण निषेधाज्ञालाई पूर्ण पालना गराउन अध्यादेशमा भएका कानुनी दण्ड सजायको व्यवस्था सबैमा जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएको हो ।'

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया