उच्च अंकले बढ्याे सेयर बजार

काठमाडौं - आइतबार बढेको सेयर बजारले सोमबार पनि निरन्तरता दिएको छ । यस दिन नेप्से सूचक ४४.३० विन्दुले बढेर १९८६.९९ अंकमा आइपुगेको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेका सबै उपसमूहहरु हरियाली भएका छन् ।
मौद्रिक नीतिपछि करिब डेढ महिना लगातारजसो घटेको बजार बल्ल सम्हालिने सम्भावना देखिएको हो । नीतिगत अवरोध, चर्को ब्याजदर लगायतका कारणले बजार घटेको थियो ।
अर्थ मन्त्रालयले स्थानीय निकायको सञ्चित कोषमा रहेको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा दिएको छ । यस प्रावधानबाट झन्डै ६० अर्ब रुपैयाँ निक्षेप थपिने देखिएको छ । यसले ब्याजदर घटाउने सहयोग पुग्ने भएको हो ।
साेमबार २१२ कम्पनीमा हरियाली छाउँदा ११ कम्पनीका सेयर मूल्य घटेका छन् । पाँच वटा कम्पनीका सेयर मूल्य भने स्थिर रहे ।
सेयर बजारमा घटबढ भइरहन्छ । यो बजारको सामान्य नियम हो । यसकारण, आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनी छानेर योजनाबद्ध हिसाबले लगानी गर्नुपर्ने हुन्छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया