नेम्वाङको निधनपछि सुदूरपश्चिममा हुने समाजवादी मोर्चाको सन्देश सभा स्थगित

कैलाली- सुदूरपश्चिम प्रदेशमा मंगलबार (आज) हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा स्थगित भएको छ ।
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएपछि आजको कार्यक्रम स्थगित गरिएको हो ।
यसअघि आज माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ आउने कार्यक्रम तय भएको थियो ।
नेम्वाङको हृदयघातबाट निधन भएका कारण आजको कार्यक्रम स्थगित गरिएको नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शालले जानकारी दिइन् ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया