राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा भेटवार्ता

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा दुई घण्टा बढी भएको भेटमा समसामयिक विषयमा छलफल भएको स्रोतले बतायो ।
साँझ ६ बजेर पाँच मिनेट जाँदा शीलत निवास पुगेका प्रधानमन्त्री ओली आठ बजेर १५ मिनेट जाँदा बाहिरिएका थिए ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध विपक्षी १४६ सांसदले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । यससम्बन्धमा सर्वोच्चमा ३० रिट दायर भएका छन् । ती रिटको प्रारम्भिक सुनुवाइ बिहीबार र शुक्रबार तोकिएको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच आज चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको टेलिफोन वार्ता र कोभिड-१९ विरुद्ध १० लाख डोज खोप दिने प्रतिबद्धताबारे पनि कुराकानी भएको कार्यालयले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया