चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारी छ : मन्त्री बस्नेत

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका छन् ।
मंगलबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसक्दा चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी उत्पादन हुन नसकेको बताउँदै यस्तै अवस्था रहे नेपालमा पाँच वर्षपछि नर्स र चिकित्सक पाउनसमेत कठिन हुने बताए ।
उनले अस्पतालहरुको बेथिति सुधार गर्ने कुरामा आफूले कसैसँग पनि सम्झौता नगर्ने स्पष्ट पारे । अस्पतालहरुमा अहिले पनि २२ वर्षअघिको कर्मचारी दरबन्दी रहेको भन्दै उनले जनताको सेवाका लागि दरबन्दी थप गरिने उल्लेख गरे । दरबन्दी थप गर्ने विषयमा अर्थ मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले परिपत्र गरिसकेको उनको भनाइ छ ।
मन्त्री बस्नेतले आफू अहिले निःशुल्क स्वास्थ्य उपचारको अभियानमा रहेको बताउँदै पैसाको अभावमा उपचार नपाएर कुनै बिरामी मर्न नहुने बताए ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया