त्रिवि शिक्षण अस्पतालले भन्योः ३५ मिनेटसम्म सिपिआर गर्दा पनि नेम्वाङकाे जीवनको संकेत देखिएन

काठमाडौँ- त्रिवि शिक्षण अस्पतालले गएराति सांसद सुवास नेम्वाङ अस्पताल आइपुग्दा जीवन नरहेको बताएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. सन्तकुमार दासले भनेका छन्,’ चिकित्सकबाट परीक्षण गर्दा जीवन सम्बन्धी कुनै पनि चाल नदेखिएको अवस्था थियो ।‘
उनको आँखाको नानी फुलिसकेको र स्थिर रहेको पनि दासले बताएका छन् । ३५ मिनेटसम्म सिपिआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले बिहान ३ बजे मृत घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सांसद नेम्वाङ प्रतिनिधि सभाको पूर्व सभामुख पनि हुन् । उनको मृत्युमा सरकारले राजकीय सम्मानसहित अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने भएको छ । उनी इलाम २ बाट प्रतिनिधिसभा सदस्यको रुपमा गत निर्वाचनमा विजयी भएका थिए ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया