बर्जर पेन्ट्स नेपालकाे ‘बर्जर हाम्रो घर हाम्रो शान’ शुभारम्भ

काठमाडौँ – उत्पादनहरूको विस्तृत श्रृंखलासहित नेपालमा सजावटी रङहरूको एक प्रख्यात निर्माता कम्पनी बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रा.लि. ले दशैं र तिहारको उल्लासमय पर्वहरूमा थप रौनक थप्न नयाँ उपभोक्ता योजना, ‘बर्जर हाम्रो घर हाम्रो शान’ ल्याएको छ ।
यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले पाँच लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीनजनाले जनही एक लाख रुपैयाँ र अन्य दशजनाले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने कम्पनीले बताएकाे छ।
यसबाहेक, यो योजनाले घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवाहरू प्राप्त गराई विज्ञको सल्लाह अनुसार आफ्नो घर श्रृंगार्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।
साथै, डिजिटल प्रतियोगितामा भाग लिई १०० उत्कृष्ट घरधनीहरूले आफ्नो घरको सुन्दर तस्विर सेयर गरेर जनही २५ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउनेछन् ।
यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो र वेदरकोट अल गार्ड जस्ता सीमित बर्जर उत्पादनहरूमा मात्र लागू हुनेछ ।
उक्त योजनाबारे विस्तृत जानकारीको लागि नजिकैको बर्जर डिलरहरूसँग सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ ।
नेपाली बजारमा उत्कृष्ट उत्पादनहरू पु¥याउने निरन्तर समर्पणको परिणाम स्वरुप यो चाडपर्वको माहोलसँगै कम्पनीले ‘वेदरकोट अल गार्ड फ्लेक्सो’, नयाँ बाहिरी इमल्सन पेन्ट बजारमा ल्याएको छ ।
यो इलास्टोमेरिक गुणहरू सहितको चमक भएको लक्जरी बाहिरी इमल्शन भएकाे र यसले बाहिरी भित्ताहरूमा रौँ जस्ता मसिना दरारहरू छोप्न मद्दत गर्ने कम्पनीले जनाएकाे छ ।

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

प्रतिक्रिया