डोजरले घर भत्काएपछि सञ्चालनमा आयो धादिङ फोस्रेटारको पक्की पुल
युवाहरुको दबाब अभियानले विवाद समाधान, स्थानीय खुशी
काठमाडौँ : पक्की पुल बनेर पनि स्थानीयले बाटो नदिँदा तीन महिनासम्म ठप्प बनेको त्रिशुली नदीमाथिको धादिङ र नुवाकोट जोड्ने पुल बुधबारदेखि सञ्चालन भएको छ । मगंलबार र बुधबार दिनभर भएको छलफलपछि बुधबार बेलूकी डोजरले घर टहरा भत्काएर बाटो खोलेर पुल सञ्चालनमा आएको हो ।
धादिङको गल्छी गाउँपालिका–१ फोस्रेटार र नुवाकोटको बेलकोटगढी नगरपालिका – ५ केउरेनी जोड्ने १९२ मिटर लामो पुल निर्माण भएपछि पुल नजिकै पर्ने बाटोमा घर टहरा बनाइएका कारण पुल ठप्प थियो । जसका लागि स्थानीयले विरोध गर्दै आएका थिए भने युवाहरुले दबाब अभियान सुरु गरेका थिए ।
स्थानीय अर्जुन खतिवडा र बासु खतिवडाले बुधबार घर भत्काउन अनुमति दिएपछि डोजरले बाटो बनाएको हो । २०७१ सालदेखि निर्माण सुरु भएको यो पुल २०७४ मा बनाई सक्नु पर्ने भएपनि यसै वर्ष मात्रै निर्माण सम्पन्न भएको थियो ।
सात वर्षपछि बनेको पुल बुधबारदेखि भने पूर्ण रुपमा सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि गल्छीदेखि केउरिनी हुँदै धादिङबेशी तथा नुवाकोटको तारुका जान १० किलोमीटर छोटो बाटो बनेको छ ।
यसअघि यो बाटो नबनेका कारण बिरामी बोकेको एम्बुलेन्स जान नसक्दा समयमै अस्पताल पुर्याउन नसकेर एक जनाको मृत्यु भएपछि स्थानीय आक्रोशित भएर विरोध र दबाब अभियान सुरु गरेका स्थानीय युवा राजकुमार श्रेष्ठले बताए । तर महिनौँ लामो विवाद समाधान भएर बाटो बनेपछि अहिले सबै युवा र स्थानीय खुशी भएको उनले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया