शिक्षकले राजनीतिक क्रियाकलापमा भाग लिन नपाउने

काठमाडौँ– सार्वजनिक विद्यालयका शिक्षकले अबदेखि राजनीतिक क्रियाकलापमा भाग लिन नपाउने गरि सरकारले विद्यालय शिक्षा विधेयक ल्याएको छ ।
बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले दर्ता गराएको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।
उक्त विधेयकमा शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।
राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न नहुने व्यवस्था यस विधेयकमा गरिएको छ ।
शिक्षकलाई आफूले पाएको मतदानको अधिकारको प्रयोग गर्न भने कुनै रोकावट नभएको विधेयकमा उल्लेख छ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया