नेप्से सूचक ३९.४८ अंकले बढ्याे, १ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार

काठमाडौ । एक दिनको करेक्सनपछि नेप्सेले पुनः लय समातेको छ । सूचक फेरि २ हजारको मनोवैज्ञानिक विन्दुमाथि उक्लिएको छ । यस दिन नेप्से सूचक ३९.४८ विन्दुले बढेर २००७.०६ अंकमा आएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
मौद्रिक नीतिपछि निरन्तर घटेको बजार आइबारदेखि सकारात्मक लयमा फर्किन थालेको थियो । तर, २ दिनको वृद्धिपछि मंगलबार फेरि घटेको थियो । बुधबार पुनः बजारले सुधारकै संकेत देखाएको छ । बुधबार बजार बढेपछि लगानीकर्तामा केही आशा पलाएको देखिन्छ ।
मौद्रिक नीतिपछि करिब डेढ महिना लगातारजसो घटेको बजारको आरालो यात्रामा ब्रेक लाग्ने अपेक्षामा लगानीकर्ता बसेका छन् । नीतिगत अवरोध, चर्को ब्याजदर लगायतका कारणले बजार घटेको थियो । यसबीचमा पनि नीतिगत सुधार भने हुन सकेको छैन ।
यस दिन २७५ कम्पनीको ५१ लाख ४४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ९३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र एभरेष्ट बैंक परेका छन् ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया