चुनावको डरले कांग्रेस रोइरहेको छः कांग्रेस महामन्त्री थापा

पोखरा - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनको डरले नेपाली कांग्रेसका नेता कार्यकर्तामा रुवाबासी चलेको बताएका छन् ।
नेपाली कांग्रेस पोखरा महानगरपालिका समितिले आयोजना गरेको दोस्रो महानगर सम्मेलन २०८० लाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसका नेता कार्यकर्ता निर्वाचन भन्दा अरु काममा चिन्तिन नभएको बताएका हुन् । उनले नेता कार्यकर्ताहरुलाई संगठन बलियो बनाउने रचनात्मक काम गर्न सुझाव दिएका छन् । ‘२०७९ सालमा जताततै चुनाव जितेको छ । जहाँ हेर्यो त्यहीँ जनप्रतिनिधि छन् । ३ सय ३२ पालिकामा कांग्रेसले जितेको छ, २६ सय २८ वडाध्यक्ष जितेको छ,’ उनले भने, ‘चुनाव लडेर जित्छ तर २०८४ को चुनाव हारिन्छ भनेर रुवाबासी छ । मैले कांग्रेस रोएको भेटेको छु ।’ उनले कांग्रेस निर्वाचनसँग मात्रै जोडिएको मेशिन नभएकोले जनपक्षीय काम गर्न सुझाए । उनले भने, ‘कांग्रेस निर्वाचन जित्ने वा निर्वाचनसँग जोडिएको मात्रै मेशिन होइन । हामी कहिँकतै अलमलिएका छौं । कांग्रेस धेरैतिर जोडिएको छ । त्यसको ख्याल गरौं ।’
उनले कांग्रेसको महाधिवेसन २०८२ मंसिरभित्रै सम्पन्न गर्ने दावी गरे । ‘अधिवेशन हुने वर्ष क्रियाशील सदस्यता वितरण नगर्ने विधानमा व्यवस्था छ । २०८२ सालको बैशाख १ गतेबाट कसैलाई क्रियाशील सदस्यता पनि दिइन्न, रिन्यु पनि हुँदैन,’ उनले थपे, ‘२०८२ मंसिरभित्र अधिवेसन हुन्छ, हुन्छ, हुन्छ । मंसिर भन्दा पर अधिवेसन जाँदैन ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया