सेनिटाइज गर्ने मेशिनहरू प्रयोगविहीन

हेटौँडा : कोभिड-१९ को दोस्रो लहरमा सेनिटाइज गर्ने मेशिनहरू प्रयोगविहीन बन्दै गएको छ । कोभिड-१९ को पहिलो लहरमा बागमती प्रदेशका नाकाहरू तथा विभिन्न कार्यालहरू छिर्ने गेटमा ‘अटोमेटिक सेनिटाइज’ गर्ने मेशिनहरू जडान गरिएका थियो । प्रदेश छिर्ने नाकाहरूमा सवारीलाई सङ्क्रमणरहित गरिन्थ्यो । तर त्यो बन्द भएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडाको रातोमाटेमा सवारी सङ्क्रमणरहित गर्न जडान गरिएको अटोमेटिक ‘सेनिटाइज मेशिन’ यतिबेला प्रयोगविहीन छ । ३ लाख रुपैयाँका लागतमा निर्मित मेशिनको एक वर्षअघि वागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका थिए ।
प्रदेश नम्बर-२ बाट हेटौंडा प्रवेश गर्ने सबै सवारीलाई नि-सङ्क्रमण गरेर मात्रै प्रवेश गर्न दिइन्थ्यो । तर मेशिनको प्रयोग नहुँदा सवारी निसंक्रमण हुन सकेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढार्इँले केमिकलको प्रयोग गरेर निसङ्क्रमण गर्ने कुनै नीति नभएको बताए ।
उनले केमिकलले गर्दा उल्टै असर गर्ने भन्दै कोभिडसम्बन्धी ज्ञान बढ्दै गएको र भाइरसको स्वभाव परिवर्तन हुँदै गएकाले सवारीमा निसङ्क्रमण गर्न छाडिएको जानकारी दिए ।उनले सवारीमा निसङ्क्रमण गर्न आवश्यक नभएको पनि बताएका छन् । सुरुमा अन्य मुलुकहरूले गरेको देखेपछि उक्त सिस्टम प्रयोगमा ल्याइएको थियो ।
यता प्रदेश नम्बर-२ बाट बागमती प्रदेश छिर्ने नाका रातोमाटेमा दैनिक सयौ सवारीहरू प्रवेश गरिरेहका छन् । दोस्रो लहरको शरुवाती चरणमा रातोमाटो चेकपोष्टमा स्वास्थ्यकर्मीले ‘थर्मल-गन’ लिएर यात्रीहरूको ज्वरो नाप्ने गरेपनि अहिले त्यो बन्द भएको छ ।
हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार, जनशक्ति अपुग हुँदा नाकामा ज्वरो नाप्ने कार्य बन्द भएको हो । निषेधाज्ञा अघि २ नम्बर प्रदेशबाट आउने यात्रीको फ्लो धेरै हुन्थ्यो भने निषेधाज्ञामा यात्रुहरू कमै हेटौंडामा झर्ने गरेका छन् ।
यतिबेला हेटौंडा उपमहानगर, जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश सभाजस्तो स्थानहरूमा जडान भएका सेनिटाइज गर्ने मेशिन पनिप्रयोगविहीन छन् । कोभिडको पहिलो लहरमा यो मेशिन जडान गरिए पनि त्यसको प्रयोग भएको पाइँदैन । कोभिडका बिरामी बोक्ने एम्बुलेन्स, अटो एम्बुलेन्स पनि दैनिक नि-सङ्क्रमण हुने गरेका छैनन् । सवारीमा आश्यक सेनिटाइजर भने छर्केने गरेका छन् ।
‘प्यारोल’बाट ३७ कैदी छुटे

भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

धुलिखेल–खावा सडक स्तरोन्नतिको काम समयमै नहुँदा यात्रुलाई सास्ती

तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

खहरे पुलमा सवारी दुर्घटना : ७ जनाको मृत्यु, १८ घाइते

प्रतिक्रिया