शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

एमाले उपाध्यक्ष नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ– प्रतिनिधिसभा बैठकले दिवंगत संविधानसभाका पूर्व अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेको छ ।

 बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेता नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेर बैठक स्थागित गरेको हो । 

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभामा सबैले उठेर एक मिनेट मौन धारण गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भदौ २९ शुक्रबार १ बजे बस्ने गरी स्थगित गरिएको छ ।