पोखरा महानगरपालिका र कोइकाबीच हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

पोखरा । पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बीच पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ । सो पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युन यंग लीले हस्ताक्षर गरेका हुन् ।
पोखरा महानगरपालिका र कोइकाबीचको समझदारीलाई बलियो बनाउने उद्देश्यले पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको दुवै पक्षको बुझाई छ । यसअघि नै कोइका र महानगरपालिकाबीच ३० अगस्ट २०२३ मा परियोजना सम्बन्धी प्रारम्भिक मस्यौदामा हस्ताक्षर भइसकेको छ । हाल सो परियोजना नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच स्वीकृतिको अन्तिम प्रक्रियामा रहेको छ ।
प्रतिबद्धता अनुसार कोइकाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई बढवा दिन उपयुक्त माध्यम सिर्जना गर्नेछ, जसले महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयू उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ । यस्तै ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ । फोहरमैला सचेतना सम्बन्धी नागरिक व्यवहारमा परिवर्तन ल्याउन यस परियोजनाले महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिबद्धता अनुसार ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना गर्न महानगरपालिकाले पोखराको वडा नम्बर ६ वसुन्धरा पार्कमा ५ हजार ९० वर्ग मिटर क्षेत्रफल उपलब्ध गराउनेछ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो आरयू उद्यमहरूलाई बढवा दिन उपयुक्त वातावरण सिर्जना गर्न महानगरपालिकाले पर्याप्त र आवश्यक मानव संसाधनहरू विनियोजन गर्नेछ । हरित अर्थतन्त्रमा योगदान पु¥याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का उपप्रमुख युन यंग लीले यस परियोजनाले युवाहरूका लागि रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । पोहोर मैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको उनले बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोहोर मैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको बताउँदै यसलाई मोहोरमा बदल्ने प्रयास स्वरूप हरित रोजगारी सृजनामा जोड्न लागिएको बताए । उनले भने, ‘यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, फोहोरबाट मोहोर आर्जन हुनेछ ।’
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_z4UDKAqqFH_vfzujbatj3y9f5we40ewwzrwwtlzod32h9ij3hfaac0r1bzpi5vyky5hqkyh.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया