चिनियाँ राष्ट्रपति सीलाई प्रधानमन्त्री प्रचण्डले हाङजाओमा भेट्ने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज ५ गते अमेरिकाको न्यूयोर्कबाट सिधै चीन जाने कार्यक्रम छ । चीन भ्रमणमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई हाङजाओमा भेटवार्ता गर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको हो’ प्रतिनिधिसभालाई जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने '२५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्छु ।'
त्यस्तै प्रधानमन्त्री प्रचण्ड १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् ।
र, यो पनि

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

राजर्षि विश्वविद्यालयको सिनेट : रु रु ३७ करोड ९३ लाख बजेट स्वीकृत

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री ओलीको आग्रह

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

प्रतिक्रिया