राजतन्त्रको पुर्नस्थापना र हिन्दु राष्ट्रको माग राख्दै राप्रपा नेपालको प्रदर्शन

काठमाडौँ - समृद्ध हिन्दु अधिराज्य स्थापनाका लागि दवाव दिन भन्दै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ ।
संवैधानिक राजतन्त्रको पुर्नस्थापना, हिन्दु राष्ट्रको माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंको भद्रकालीदेखि भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो ।
संघीयताको खारेजी तथा भ्रष्टाचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । राप्रपाले संघीय गणतन्त्रको नाममा भ्रष्ट व्यवस्था कायम भएकाले त्यसको अन्त्य हुनुपर्ने र संघीयता खारेज हुनुपर्ने जनाएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशका हाल कायम रहेको व्यवस्थाले भ्रष्टाचार मौलाएकाले यसको अन्त्य हुनुपर्ने बताए । उनले गौंहत्याको अन्त्य र सुशासन स्थापनाका लागि जनआन्दोलनको घोषणा गरेको र त्यसै सिलसिलामा विरोध र्यालीको आयोजना गरिएको जिकिर गरे ।
प्रदर्शनमा सहभागीहरुले हिन्दु राष्ट्र कायम गर, संघीयता खारेज गर, राजसंस्था पुनस्थापना गर लगाएतका नारा लगाएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया