उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस

काठमाडौं - न्यायपरिषदले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषदको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो ।
न्यायाधीशमा सिफारिस हुनेहरूमा श्यामकुमार भट्टराई, राधाकृष्ण उप्रेती, हरिश्चन्द्र ढुंगाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा, योगेन्द्र प्रसाद साह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, स्वीकृति पराजुली, काजी बहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी, विनोदकुमार पोखरेल, नारायणप्रसाद रेग्मी, सुशील कोइराला, अच्युतमकुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन छन् ।
न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जसअनुुसार न्यायपरिषद्ले सिफारिस गरेका उनीहरू प्रधानन्यायाधीशले नियुक्त गरेपछि न्यायाधीश हुनेछन् ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया