बागमती प्रदेश सभा बैठक बस्दै

हेटौंडा- बागमती प्रदेश सभा बैठक बस्दैछ ।
शुक्रबारका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित भए पछि सो बैठक शनिबार बस्न लागेको हो ।
प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाको सो बैठक बिहान ११:०० बजे बस्ने छ ।
प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा विशेष समयलाई कार्यसूचीमा राखिएको छ भने सोही बैठकबाट प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।
प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो । चालु आर्थिक बर्षको बजेटमा सत्तापक्ष र प्रतिपक्ष बिचमा सहमति हुन नसक्दा बागमती प्रदेशको प्रदेश सभा बैठक पछिल्लो समयमा प्रभावित हुँदै आएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा यसअघि भएको सहमति सरकार र सत्तारुढ दलले अस्विकार गरे पछि प्रदेश सभा बैठकमा सञ्चालन सहज तरिकाले हुन अझै सकेको छैन ।

व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

प्रतिक्रिया