बागमती प्रदेशसभा अगाडि स्वास्थ्यकर्मीको धर्ना

मकवानपुर- चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै बागमती प्रदेश सभा सचिवालयमा धर्ना दिइएको छ।
बुधबार चिकित्सकमाथि आक्रमणको विरोधमा आकस्मिक बाहेक सबै स्वास्थ सेवा ठप्प पारेका स्वास्थ्यकर्मीहरूले आज प्रदेश सभा सचिवालयमा धर्ना दिएका हुन् ।
उनीहरूले बागमती प्रदेश सभा सचिवालयको अगाडि उभिएर धर्ना दिएका छन् । हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीहरू धर्नामा सहभागी छन् । प्रदेशसभा भवन अगाडि भेला भएका स्वास्थ्यकर्मीले प्लेकार्डसहित प्रर्दशन गर्दै पेशागत सुरक्षाको माग गरेका छन् ।
बुधबार सन्चो अस्पतालमा कार्यरत दुईजना डाक्टरमाथी दश जनाको समूहले चिकित्सकमाथि कुटपिट गरेका थिए । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने नेपाल चिकित्सक संघले दुई जनाविरुद्ध किटानी जाहेरी दिएको छ ।
पक्राउ पर्नेमा गत साउन २५ गते डेंगु संक्रमणका कारण ज्यान गुमाएका राजेश प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेका छन् ।
हेटौंडा–१२ का प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरेका थिए ।
घटनमा संलग्न अन्यलाई पनि पक्राउ गरिनुपर्ने माग गर्दै उनीहरु धर्नामा बसेका छन् । हेटौँडा अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ हरीबहादुर खड्काले प्रदेशसभाका माननियहरुको ध्यानाकर्षण गर्न सचिवालय अगाडी धर्नामा बसेको बताए ।
प्रदेश सभाको आजको बैठक केहीबेर अघि मात्र सुरू भएको छ ।

व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

प्रतिक्रिया