कोभिडले पूर्वसांसद न्यौपानेको निधन

काठमाडौँ : पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ । सशस्त्र प्रहरी अस्पताल काठमाडौँमा उपचार गराइरहेका उनको बुधबार राती मृत्यु भएको हो ।
शुरुमा कोभिड सङ्क्रमणका कारण बिरामी भएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी भएका थिए । वैशाख २३ गते वीरेन्द्र प्रहरी अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना भएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा राखिएको थियो ।
अवस्था झनै गम्भीर भएपछि न्यौपानेलाई १० दिनदेखि भेन्टिलेटर राखेर उपचार गराइरहेका छोरा मदनले बताए । मदनका अनुसार न्यौपानेको पछिल्लो कोभिड रिपोर्ट नेगेटिभ आएको थियो भने उनमा निमोनिया देखिएको थियो ।
छेडागाड नगरपालिका–६ सुवानाउलीका न्यौपाने विसं २०५६ को प्रतिनिधिसभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । अहिले एमालेको कर्णाली प्रदेश समिति सदस्य, एमाले निकट किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्जको भूमिकामा थिए । रासस

राप्रपालाई गृह मन्त्रालयको चेतावनी- निषेधित घेरा तोडे कारबाही हुन्छ

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन : प्रचण्ड

ओली, देउवा र प्रचण्डको एउटै मत- गणतन्त्र पक्षधर एकै ठाउँमा उभिऔं

नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : मन्त्री सिंह

गृहमन्त्री लेखक भन्छन्- सत्तासाझेदारीमा कुनै समस्या छैन

देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री देउवाको निर्देशन

प्रतिक्रिया