पाँचथरका कोभिड संक्रमित वडाध्यक्षको झापामा मृत्यु

पाँचथर : कोभिड सङ्क्रमण भई उपचाररत हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा मृत्यु भएको छ । दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई बिहीबार बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरेका हुन् ।
शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उनले जानकारी दिए । “परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ”, अध्यक्ष लिङ्देनले भने, “झापामै शव व्यवस्थापन हुन्छ ।”
कोभिड सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । शरीरमा अक्सिजनको मात्रा बढ्न नसकेपछि लामो समय उनलाई बिएण्डसी अस्पतालको सघन उपचार कक्षमा राखी उपचार भइरहेकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_KgLHPyWirC_dxuj5zjffwzigogai2gnuue1uq5ipj3yprxvf6rfmn3bnjwpxrxy8xmt3otn.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया