मकवानपुरमा दुई वटा शव फेला

मकवानपुर - मकवानपुरको छुट्टाछुट्टै स्थानमा दुई वटा शव फेला परेका छन् । शनिबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ मा रहेको माण्डु हाईडोपावरको डयाममा पहिचान नभएको करिब ४० वर्षीय पुरुष व्यक्तिको शव फेला परेको छ ।
त्यसैगरी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ पाँचपाण्डमा पनि शव फेला परेको हो । पहिचान नभएको अन्दाजी ५०/५५ वर्षको मंगोलियन अनुहारको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । दुवै स्थानमा फेला परेको शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जनाएका छन्।
भीमफेदीको माण्डु हाइड्रोपावरमा निरन्तर रुपमा शव फेला पर्ने गरेकाे छ । यसअघि पनि आधा दर्जन भन्दा बडी शवहरु फेला परेका छन् ।
त्यहाँ काठमाडौंबाट नदिले बागाएर ल्याएको फोहोर माण्डु हाईडोपावरमै आएर जम्मा हुने र सोही फोहोरसँग शव बगेर आउने गरेको प्रहरीको भनाई छ । बगेर आउने शव सनाखतमा समेत कठिनाई हुने गरेको र केही शवहरुको सनाखत समेत हुन नसकेको प्रहरीको भनाई छ
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया