फोर्स गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिका-६ स्टार चोकमा आइतबार फोर्स गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते छन्।
नेपालगन्जबाट रुकुमका लागि छुट्को लु२ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर-१६ डोक्रेनाबाट तुलसीपुर जाँदै गरेको रा १ ह ४४५९ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा ठक्करबाट सख्त घाइते अटोमा सवार तुलसीपुर-१६ डोक्रेनाका १३ वर्षीय दामोदर भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
अटो चालक तुलसीपुर-६ गोलौराका ५७ वर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ।
अटोमा सवार तुलसीपुर-१६ डोक्रेनाका ११ वर्षीया वर्षा बस्नेत, उनकी ६ वर्षीया बहिनी सृष्टी र १८ वर्षीया अञ्जु डाँगी घाइते छन्। अन्य २ को अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया