आर्सनलले जित हात पार्दा चेल्सी बराबरीमा रोकियो

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आर्सनलले जित हात पार्दा चेल्सी भने बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले एभर्टनमाथि १-० गोलको जित हात पारेको हो । आर्सनलको जितमा लियान्ड्रो ट्रोसार्डले ६९ औँ मिनेटमा गरेको गोल नै पर्याप्त रह्यो ।
जितसँगै ५ खेलबाट १३ अंक जोडेको आर्सनल अंक तालिकाको चौँथो स्थानमा उक्लिएको छ ।
केवल एक खेलमा बराबरी खेलेको एभर्टनले भने चार खेलमा पराजय भोगिसकेको छ । उसले केवल १ अंक जोडेको छ ।
अर्को खेलमा चेल्सीले भने बर्नमाउथसँग गोलरहित बराबरी खेलेको छ । यससँगै पाँच खेलबाट पाँच अंक जोडेको चेल्सी १४ औँ स्थानमा यथावत छ । यता ३ अंक जोडेको बर्नमाउथ भने १५ औँ स्थानमा उक्लिएको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया