एसियाडका लागि नेपाली महिला फुटबल टिम चीन प्रस्थान

काठमाडौँ- १९ औं एसियन गेम्स (एसियाड) मा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ ।
चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने एसियाडका लागि नेपाली महिला फुटबल टिम सोमबार चीन प्रस्थान गरेको हो ।
नेपाली महिला टोलीले पहिलो पटक एसियाडमा सहभागिता जनाउन लागेको हो ।
एसियाडका लागि नेपाली महिला फुटबल टिम समूह ‘डी’ मा रहेको छ । यस समूहमा विश्वकप खेलिसकेको जापान र भियतनामसँगै बंगलादेश छ ।
एसियाडअन्तर्गतको मिहला फुटबल २१ सेप्टेम्बरदेखि सुरु हुने तालिका रहेको छ ।
नेपालले आफ्नो पहिलो खेल भियतनामसँग सेप्टेम्बर २२, दोस्रो खेल जापानसँग सेप्टेम्बर २५ तथा अन्तिम खेल बंगलादेशसँग सेप्टेम्बर २८ मा खेल्नेछ ।
२२ सदस्यीय टोलीको कप्तानमा रेनुका नगरकोटी तथा मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया