औषधि विभागले नेपालमा १०३ प्रकारका औषधि उत्पादन तथा बिक्री वितरणमा लगायो रोक
काठमाडौँ- औषधि व्यवस्था विभागले नेपालमा १०३ प्रकारका औषधि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ । आइतबार विभागले विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको हो ।
१०३ प्रकारका औषधि दर्ता अनुमति नदिने तथा उत्पादन बिक्री वितरणका लागि लाइसेन्ससमेत नदिने विभागले निर्णय गरेसँगै नेपाली उद्योगले अब ती औषधिहरू उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्नसमेत पाउने छैनन् ।
विभागले मौज्दात यस्ता औषधिहरूको व्यवस्थापन तथा विक्री गर्न छ महिनाको समय सिमा तोकेको छ । सूचीमा भएका औषधिका समिश्रणहरू प्रभावकारी नभएको तथ्यले पुष्टि गरेको भन्दै डब्लूएचओको प्रतिवेदन अनुसार नै विभागले निर्णय लिएको हो ।
विभागले १०३ प्रकारको औषधि सूची सार्वजनिक गरे पनि नेपालमा अहिले यीमध्ये १३ प्रकारका औषधिका समिश्रणहरू दर्ता भएर प्रयोगमा आइरहेका छन् ।
औषधि सल्लाहकार समितिको ५५ औँ बैठकले सिफारिस गरेपछि १८ भदौमा विभागले यस्तो निर्णय गरेको थियो ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया