चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले किन ताेड्याे ३८ दिनदेखिकाे अनसन ?

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतिघर मण्डलामा रिले अनसन बसिरहेका चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरुले सोमबारदेखि अनसन तोडेका छन्।
मन्त्री बस्नेतले संघर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको र चिकित्सा शिक्षा ऐन छिट्टै संसोधन हुने तयारीमा रहेको आवश्वास दिएपछि १४ सुत्रिय माग राखेर अनसन बसेका उनीहरु हाललाई आफ्नो सडक संघर्ष स्थगित गर्न राजी भएका हुन्। अनसन तोडाउन स्वास्थ्य मन्त्री आफ्नो सचिवालयका स्वकीय सचिव रामेश्वर आचार्य र रामचन्द्र दुलाललाई माइतीघर पठाएका थिए।
मन्त्री बस्नेतका प्रतिनिधि आचार्यले अनसनमा बसिरहेका संघर्ष समितिका सदस्यलाई जुस पिलाएर अनसन स्थगित गरेका थिए। अनसन स्थगित गरेपछि चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका वरिष्ठ पाँच जना पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतसँग भएको वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल, अतिरिक्त सचिव डा. विकाश देवकोटा, डा. टंक वाराकोटीलगायत थिए भने संघर्ष समितिको तर्फबाट संयोजक निर्मल सापकोटा, सहसंयोजक भुवनचक्र जोशीलगायतका पदाधिकारी थिए।
वार्तामा संघर्ष समितिका संयोजक सापकोटाले आफूहरूले उठाएका १४ वटा मागका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराउँदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना मागहरु सम्बोधन हुनु पर्नेमा जोड दिएका थिए। स्वास्थ्य मन्त्री बस्नेतले प्रधानमन्त्री विदेशमा रहेका बेला स्वास्थ्य मन्त्री र चिकित्सा सेवा आयोगको सहअध्यक्षको हैसियतले चिकित्सा शिक्षा ऐन संसोधन गरेर अगाडि बढ्न सरकार तयार रहेको जानकारी गराउँदै यसका विषयमा शिक्षा मन्त्री र प्रधानमन्त्रीसमेत सकारात्मक भएकोले संघर्ष समितिले उठाएका माग चाँडै सम्वोधन हुने विश्वास दिलाए।
चिकित्सा ऐन संसोधन गर्न नसकिए अबको पाँच वर्षमा नेपालमा चिकित्सक र नर्सहरुको अभाव हुने दावी गर्दे प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किसकेपछि यसका विषयमा ठोस पहल हुनेमा उनले जोड दिए। संघर्ष समितिले राखेका जायज मागहरुप्रति सरकार सकारात्मक ढंगले अगाडि बढिसकेकाले अव आन्दोलन गरिराख्नु नपर्नेमा मन्त्री बस्नेतको जोड थियो। मन्त्री बस्नेतले संघर्ष समितिले उठाएका जायम माग समस्या समाधानका लागि अगाडि गर्नु पर्ने पहल कदमीका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटालाई फोकल सर्जन तोकेका छन्।
चिकित्सा शिक्षा ऐन संसोधन गर्नु पर्ने, सिटिइभिटीको तुरन्त पुर्नसंरचना गर्नु पर्ने, प्रि डिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरउन्नति गर्दै वाकीमा तत्काल भर्ना खोल्नु पर्ने, पारामेपडकल अन्तरगत नर्सिङका बिषयहरु चिकित्सा शिक्षाबाट अलग गर्नु पर्ने, बन्द गराइएका नर्सिङ कलेजमा भर्ना खोल्नु पर्ने, छात्रवृतिमा भइरहेको विभेद अन्त्य गर्नु पर्ने, शिक्षामा कोटा प्रणाली खारेज हुनु पर्ने लगायतका १४ वटा माग राखेर संघर्ष समितिले साउन २७ देखि माइतीघर मण्डलामा रिले अनसन जारी राखेको थियो। स्वास्थ्य मन्त्री बस्नेतले आफ्ना मागहरुप्रति चासो राखेर अनसन तोडाउने र वार्तामा बोलाउनु सकारात्मक भएको संघर्ष समितिका संयोजक सापकोटाले बताए। स्वास्थ्य मन्त्रीसँगको वार्तापछि आफूहरुले उठाएका जायज मागहरु सरकारले पूरा हुनेमा विश्वास जागेको संर्षष समितिका सहसंयोजक जोशीले बताए।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया