सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

साफ च्याम्पियनसीप खेल्न भुटानको यू-१९ टिम नेपालमा

काठमाडौँ- नेपालमा हुने साफ यू-१९ च्याम्पियनसीप फुटबल खेल्नका लागि भुटानको टोली काठमाडौँ आइपुगेको छ ।

भुटानको यू-१९ राष्ट्रिय फुटबल टिम मंगलबार बिहान काठमाडौँ आइपुगेको हो ।

सेप्टेम्बर २१ बाट सुरु हुने साफ च्याम्पियनसीपका लागि भुटान समूह ‘बी’ मा रहेको छ । यस समूहमा भारत र बंगलादेश पनि रहेका छन् ।

भुटानले पहिलो खेल बंगलादेशविरुद्ध सेप्टेम्बर २३ मा खेल्ने तालिका रहेको छ । उसले समूह चरणको दोस्रो खेल भारतविरुद्ध सेप्टेम्बर २५ मा खेल्नेछ ।

आयोजक नेपाल भने माल्दिभ्स र पाकिस्तानसँगै समूह ‘ए’ मा छ ।