रास्वपाले वडामा पनि चुनाव गरेर नेतृत्व चुन्ने
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडाको नेतृत्व चयन गर्न चुनाव गर्ने भएको छ । रास्वपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै वडा तहका समितिको लागि कात्तिक १० देखि १६ गतेसम्म निर्वाचनमार्फत नेतृत्व चयन गर्ने बताएको छ ।
रास्वपा सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा वडा कार्यसमितिमा जान चाहने इच्छुकहरुलाई असोज २ देखि २० गतेसम्म उम्मेदवारी दर्ता गर्न आह्वान गरिएको छ । त्यस्तै, चुनावमाफर्त कार्यसमितिमा चयन हुनेहरूको नामावली कात्तिक २० गते सार्वजनिक गरिने पार्टीले जनाएको छ ।
पार्टीले ११ जनाको वडा समिति बनाउने व्यवस्था गरेको छ । समितिमा सभापति, उपसभापति, सचिवसहित सबै सदस्य निर्वाचिन हुनुपर्नेछ । ११ मध्ये एक जना दलित महिला सदस्य हुनैपर्ने व्यवस्था गरिएको छ भने महिला चार जना, ४५ वर्षमुनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् ।
वडा कार्यसमितिमा जान चाहने इच्छुकहरुले अनलाइनमार्फत फारम भर्नुपर्ने छ । फारमको दस्तुर १०० रुपैयाँ लाग्नेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया