कांग्रेस कस्तो बन्ने ? को बन्नेभन्दा महत्वपूर्ण प्रश्न समाजको असन्तुष्टि हो : विश्वप्रकाश शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले कांग्रेस कस्तो बन्ने ? कांग्रेमा को बन्ने भन्दा बढी महत्वपूर्ण प्रश्न समाजको असन्तुष्टि रहेको बताएका छन् । मंगलबार ट्वीट गर्दै उनले समाजको असन्तुष्टिमा आफूहरू कति दोषी हो ? भन्ने प्रश्न महत्वपूर्ण भएको बताएका हुन् ।
‘समाजमा किन असन्तुष्टि छ ?, हामी त्यसमा कति दोषी छौँ ?,’ शर्माले लेखेका छन्, ‘ ‘वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सिर्जना कसरी गर्न सकिन्छ, महासमिति बैठकमार्फत यी प्रश्नको निरूपणले देश र कांग्रेसलाई पनि मार्ग दिन्छ ।’
महामन्त्री शर्माले समय चेत बुझ्न, हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री खोज्ने बहसलाई विमर्शको केन्द्र बनाएर सबैले तार्किक निष्कर्ष खोज्नुपर्ने समेत बताएका छन् ।
आफू महासमिति बैठककै तयारीमा जुटेको र महामन्त्रीले संयोजन गर्नुपर्ने विषयहरू प्रति सजग रहेको पनि उनले जानकारी दिए । ‘अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय हो,’ शर्माले लेखेका छन्, ‘यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने विषयप्रति म सजग छु । रहनेछु ।’
काँग्रेस कस्तो बन्ने र काँग्रेसमा को बन्ने ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) September 19, 2023
भन्दा महत्त्वपूर्ण प्रश्न-
* समाजमा असन्तुष्टि किन छ,
* हामी त्यसमा कति दोषी छौं,
* वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ l
( `महासमिति´ मार्फत यी प्रश्नको निरुपणले देशलाई मार्ग दिन्छ र काँग्रेसलाई पनि )

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया