पार्टीकाे नाम परिवर्तन गर्न किन तयार भयाे माओवादी केन्द्र ?

काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र आफ्नो पार्टीको नाम परिवर्तन गर्न तयार भएको छ । माओवादी केन्द्र सम्पूर्ण कम्युनिष्ट घटकहरूसँग एकता गर्नका लागि पार्टीको नाम फेर्न राजी भएको हो ।
पार्टीको भदौ २५ गते बसेको पदाधिकारी बैठकले नाम परिवर्तनका लागि छलफल थाल्न कार्यकर्तालाई निर्देशन दिँदै यसबारे आगामी महाधिवेशनमा निर्क्यौल गर्ने निर्णय गरेको हो ।
‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ,’ पदाधिकारी बैठकको निर्णयबारे भदौ ३० गते जारी सर्कुलरमा भनिएको छ ।
माओवादी केन्द्रले पार्टी एकताका लागि लामो समयदेखि प्रयास थालिरहेको छ । उसले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलगायत कम्युनिष्ट दलहरूसँग एकताका लागि ‘लबिङ’ गर्दै आएको छ । त्यस्तै, ७ वर्षअघि माओवादी परित्याग गरी अलग्गिएका डा. बाबुराम भट्टराई र उनी नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि यस अभियानमा समेट्ने माओवादी केन्द्र प्रयासरत थियो ।
नेपाल, भट्टराईलगायतहरू थुप्रै विषयमा एक ठाउँमा उभिन तयार भए पनि पार्टीको नामलाई लिएर एकमत हुन सकिरहेका थिएनन् । पार्टीको नाममा विशेषगरी भट्टराईले असहमति जनाएका थिए । उनले कुनै पनि हालतमा ‘माओवादी’ शब्द हटाउनुपर्ने, नहट्दासम्म एकता गर्न नसकिने बताउँदै आइरहेका थिए । उनीहरूले आफ्नो अडान नछाडेपछि माओवादी केन्द्र नाम परिवर्तन गर्न तयार भएको हो ।
केही समयअगाडि माओवादी केन्द्रका एक प्रभावशाली नेताले ‘नेकपा माओवादी केन्द्र’लाई छिट्टै ‘नेकपा समाजवादी केन्द्र’ बनाउने तयारी भइरहेको बताएका थिए । ‘समाजवादी राख्दा यसले अरुलाई पनि आकर्षित हुने भएकाले कसैले विरोध जनाएका छैनन्,’ ती पदाधिकारीले इकागजसँग भनेका थिए, ‘यसो हुँदा अन्य दलसँग एकता गर्न पनि सजिलो हुन्छ ।’
माओवादीले केन्द्रले अरु कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि छलफल गर्न कृष्णबहादुर महरालाई संयोजक तोकेको छ ।
याे पनि
सात वर्षपछि प्रचण्ड-बाबुरामको पुनर्मिलन हुँदै : 'माओवादी' झिकेर 'समाजवादी' भित्र्याउने तयारी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया