रास्वपाले जिल्लामा खटायो सांसद र केन्द्रीय नेता, को कहाँ ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुझाव संकलनका लागि केन्द्रीय नेतालाई जिल्ला–जिल्लामा खटाएको छ। केन्द्रबाट खटाइएका १९ जना नेताले तीन दिन बसेर सुझाव, गुनासो संकलन गरेर ल्याउने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए।
पार्टी सभापति रवि लामिछाने रोल्पा जाने भएका छन्। पार्टी उपसभापति डोलप्रसाद अर्याल मधेस प्रदेशअन्तर्गत पर्सा जाने छन्। महामन्त्री ढकाल कालिकोट जानेछन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ बैतडी, सुमना श्रेष्ठ कैलालीको टीकापुर, शिशिर खनाल रसुवा, मनिष झा पर्वत, गणेश पराजुली ओखलढुंगा जाने ढकालले जानकारी दिए।
केन्द्रीय सदस्य रमेश प्रसाईं सुर्खेत, सन्तोष परियार कपिलवस्तु, विपीन आचार्य संखुवासभा, डा तोसिमा कार्की डोटी, हरि ढकाल सोलुखुम्बु, कमल सुवेदी गौर, रौतहट खटाइएका छन्।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुर, डा. स्वर्णीम वाग्ले तनहुँ, गणेश कार्की सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल खोटाङ र शंकर श्रेष्ठ इलाम जाने छन्।
सांसद र केन्द्रीय नेताहरूले ल्याएका सुझाव, गुनासाहरूलाई पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमा समेटिने पार्टीले जनाएको छ। संविधान दिवसका सन्दर्भमा पनि रास्वपा पहिलो चरणमा जिल्ला जान लागेको हो। तीन चरणमा जिल्ला गएर, सुझाव संकलन गरेर दस्तावेजलाई पूर्णता दिने रास्वपाको तयारी छ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया