सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

च्याम्पियन्स लिगः साविक विजेता म्यानचेस्टर सिटीको पुनरागमन जित

काठमाडौँ- साविक विजेता म्यानचेस्टर सिटीले यूइएफए च्याम्पियन्स लिगमा शानदार पुनरागमन जित हात पारेको छ ।

मंगलबार राति घरेलु मैदान इतिहादमा सिटीले सर्वियन क्लब रेड स्टार बेलग्रेड (सिआरभेना भेज्दा) लाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

समूह ‘जी’ अन्तर्गत इंग्लिस क्लब सिटीलाई जित दिलाउन जुलियन अल्भारेजले दुई तथा रोड्रीले एक गोल गरे ।

रेड स्टार बेलग्रेडका लागि एकमात्र गोल ओस्मान बुकारीले गरे । बुकारीले ४५ औँ मिनेटमा गोल गर्दै रेड स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर सिटीका अल्भारेजले ४७ औँ तथा ६० औँ मिनेटमा गोल गर्दै सिटीलाई २-१ को अवस्थामा पुर्‍याए ।

रोड्रीले ७३ औँ मिनेटमा गोल गर्दै सिटीको पुनरागमन जित सुनिश्चित गरे ।