चोकोफनको नयाँ नारासहित नयाँ अभियान

काठमाडाैँ – कन्फेक्सनरी कम्पनी सुजल फुड्स प्रा. लि. ले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ ।
'ओन्ली चोकोफन' भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले अधिराज्यभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको छ ।
यस विज्ञापन अभियान मार्फत बालबालिकाहरूको हरेक रमाइला पलहरूलाई 'ओन्ली चोखोफन' को साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ । बालबालिकाहरूको विभिन्न रमाइला पलहरूमा चोकोफनको साथले थप खुशी र आनन्द प्राप्त हुन्छ र यसरी उनीहरूको रामाइलो र खुशीको अभिन्न अंगको रुपमा 'ओन्ली चोकोफन' छ भन्ने अभिप्राय बोकेको यस विज्ञापन अभियानको प्रवर्द्धन टेलिभिजन, रेडियो, डिजिटल मिडिया तथा सामाजिक सञ्जाल मार्फत प्रवाह गरिएको छ ।
बालबालिकाहरूले यस विज्ञापनलाई आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने छन् । उनीहरूको दैनिकी जीवनमा हुने विभिन्न मिठा पलहरूलाई नै समेटेर 'ओन्ली चोकोफन' को टेलिभिजन विज्ञापनमा देखाइएको छ, जुन बालबालिकाहरूको हरेक रमाइला पलहरूलाई चोकोफनको मिठासले पूर्ण तुल्याउँछ ।
विज्ञापनमा बालबालिकाहरू एक अर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको साथै 'ओन्ली चोकोफन' नै उनीहरूको सफलताको मिठास बनेको पनि प्रस्तुत गरिएको छ ।

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

प्रतिक्रिया