आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

सुनको मूल्य फेरि बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा आइतबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाला सुन प्रतितोला रु ३०० ले वृद्धि भएको छ । शुक्रबार पहेँलो धातु प्रतितोला रु ९४ हजारमा कारोवार भएकोमा आइतबार रु ९४ हजार ३०० पुगेको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएकामा आज रु ९३ हजार ८०० मा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर  छ । चाँदी प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ ।