भारतमा एक नेपालीको मृत्यु

कञ्चनपुर- भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको छ। ज्यान गुमाउनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ टेडुवाका ३५ वर्षीय कुलबाहदुर शाह रहेका छन्।
भारतको टिल्ला नम्बर ४ मा रहेको तालमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। भारतको टिल्ला ताल बेलौरी नगरपालिका–१० सँगै जोडिएको सिमावर्ती क्षेत्र हो।
शाह टिल्ला नम्बर ४ का अमरजित सिंहको घरमा काम गर्दै आएका थिए। उनी मंगलबार साँझ घरमा जान्छु भन्दै त्यहाँबाट नेपालतर्फ आएको बुझिएको छ।
उनी घर नपुगेपछि खोजी गर्दा बुधबार बिहान तालमा डुबेको अवस्थामा उनको शव फेला परेको थियो। उनको शव परिक्षणका लागि भारतीय प्रहरीले पिलिभित पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया