अन्तरपार्टी निर्देशनमा देखिएको समस्या पार्टी भित्रैबाट हल गर्छौं : माधव नेपाल
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानी) मा देखिएको समस्या पार्टी भित्रैबाट हल गरिने बताएका छन् ।
बिहीबार पार्टी कार्यालय आलोकनगरमा आयोजित शपथ ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले अपानीमा मतभेद नभइ केही प्रश्नहरू आएको भन्दै पार्टी भित्रैबाट हल गरिने बताएका हुन् । अपानीमा पार्टीका सम्मानित नेता झलनाथ खनालले गरेको टिप्पणीका बारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले पार्टीभित्रको विषय सडकमा लाने काम पार्टीको जिम्मेवार मान्छे र अनुशासन बुझेको मान्छेले नगर्ने जिकिर गरे ।
खनालले अध्यक्ष नेपालले एकलौटी गरेको भन्दै नेताहरूको कार्यविभाजन सच्याउन माग गर्दै आएका छन् ।
त्यस्तै उनले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै राम्रो काम गरेर जनताको विश्वास जित्नुपर्ने धारणा राखे । अध्यक्ष नेपालले अहिले शिक्षकहरूको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने र वार्ता तथा छलफलबाट निकास निकाल्नुपर्ने उल्लेख गरे ।
अध्यक्ष नेपालले केन्द्रीय कमिटीको छैटौँ बैठकले केन्द्रीय कमिटीका सदस्यहरू मनोनीत गरिएकाहरू मध्ये १३ जनालाई विधान अनुसार शपथ गराइएको जानकारी दिए । शपथ ग्रहणका क्रममा उनले युवाहरूको जोश र पुरानाका अनुभवलाई समेटिएर पार्टीलाई मजबुत ढंगले अघि बढाइने जिकिर गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया