संविधान कार्यान्वयनबाटै समाजवादको आधार तयार हुन्छ : उपाध्यक्ष ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनबाटै समाजवादको आधार तयार पार्न सकिने बताएका छन् । एमाले लुम्बिनी प्रदेश कमिटीले संविधान दिवसको अवसरमा राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उनले संविधानमा लेखिएका अधिकार कार्यान्वयनबाटै मुलुक समृद्ध हुनसक्ने भएकाले संविधानको पूर्ण कार्यान्वयन नै अहिलेको मुख्य आवश्यकताको विषय रहेको बताए ।
‘दलाल पुँजीवाद जुलुस नारा लगाएर, बन्दुक पड्काएर खत्तम हुँदैन । कुशलतापूर्वक संविधान लागू गरेर देश आत्मनिर्भर हुँदै जाने छ । तब मात्रै दलाल पुँजीवादको अन्त्य हुनेछ,’ उनले भने ।
उनले अगाडि भने, ‘समाजवादमा पुग्ने लक्ष्य संविधानले बोकेको छ । समाजवादको आधार तयार गर्न संविधानलाई राम्रोसँग कार्यान्वयन गर्नुपर्ने छ । संविधान ठीकसँग कार्यान्वयन गर्नुपर्यो । मौलिक हक कार्यान्वयन गर्नुपर्ने छ । यो संविधानले समाजवादको आधार तयार पार्ने दृष्टिकोण दिएको छ । जति जति संविधान लागू हुँदै जाने छ । त्यतित्यति समाजवादको आधार तयार हुँदै जानेछ ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया