कपिल शर्मादेखि सन्नी देवलसम्म अस्कर जाने दौडमा

मुम्बई - अस्करका नामले चिनिने एकेडेमी अवार्डमा भारतबाट सहभागिताका लागि कपिल शर्मादेखि सन्नी देवलसम्म भिड्ने भएका छन् । अस्कर अवार्डको ९६ औँ संस्करणका लागि भारतबाट चलचित्र पठाउने गरी अन्तर्राष्ट्रिय फिचर फिल्म कमिटीले इच्छुक चलचित्र माग गरेसँगै हिन्दीसँगै बाँकी भाषाका चलचित्र पनि प्रतिस्पर्धामा सहभागी भएका हुन् ।
यसरी अस्करमा प्रतिस्पर्धाका लागि रुचि देखाउनेमा कपिल शर्मा अभीनित ‘जिग्वाटो’, रनवीर सिंह–आलिया भट्ट अभीनित ‘रकी और रानीकी प्रेम कहानी’,
सन्नी देवल अभीनित ‘गदर २’, रानी मुखर्जी अभीनित ‘ मिसेज चेटर्जी भर्सेज नर्वे’, अभिषेक बच्चन अभीनित ‘घुमर’ आदि रहेको जनाइएको छ ।
फिल्म छनौट गरेर पठाउने संस्था फिल्म फेडरेसन अफ इन्डियाले कूल गरेर २२ वटा फिल्मको आवेदन परेको जनाएको छ । यसका लागि कमिटी सदस्यले चेन्नईमा फिल्म हेर्न सुरु गरिसकेको पनि जनाइएको छ ।
अघिल्लो साल भारतले डकुमेन्ट्री र फिचर फिल्मतर्फ एउटा एउटा अवार्ड भित्र्याएका थिए । लघु डकुमेन्ट्रीतर्फ ‘एलिफेन्ट ह्विस्पर’ र फिचर तर्फ ‘आरआरआर’ले संगीतकार तर्फको अवार्ड जितेका थिए । यही कारण पनि यो सालको सिफारिसलाई चासोका साथ हेरिएको छ । अघिल्लो साल भारतले गुजराती चलचित्र ‘छेलो सो’ पठाएको थियो जसलाई लिएर भारतमा मत विभाजन रहेको थियो । कतिले ‘आरआरआर’ले पठाउनु पर्ने तर्क गरिरहँदा कमिटीले भने मापदण्डअनुरुप ‘छेलो सो’ उपयुक्त रहेको दाबी गरेको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया