शिलान्यास रिध्दि सिध्दिसँग

काठमाडौं । जुनसुकै निर्माणमा सिमेन्ट प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउन रिध्दि सिध्दि सिमेन्टले ‘शिलान्यास रिध्दि सिध्दिसँग’ नामक विशेष योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकले कम्पनीसँग सम्पर्क गरी आफ्नो घर निर्माणमा प्रयोग हुने सिमेन्टको निःशुल्क परीक्षण गर्न सक्ने कम्पनीले जनाएको छ ।
‘कम्पनीसँग सम्पर्क गरेपश्चात् कम्पनीका प्रतिनिधि निर्माणस्थलमै पुगी निर्माणस्थलको निरीक्षण गरी परीक्षण गराउन प्रयोगशालाका लागि नमुना संकलन गर्नेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिमेन्टको वैज्ञानिक परीक्षणको शुल्क सुरुमा ग्राहकले नै स्वयम् भुक्तानी गर्नुपर्ने तर परीक्षणको रिर्पोट नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप नभएमा सो परीक्षण शुल्क फिर्ता गरिनेछ ।’
नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप भएमा पहिलो ढलानको लागि खरिद गरिएको सिमेन्टको बिलमा परीक्षण शुल्क घटाइने कम्पनीले जानकारी दिएको छ । यो स्कीममा भाग लिनका लागि न्यूनतम १०० बोरा खरिद गरिएको हुनुपर्नेछ । यो स्कीममा सहभागी हुन कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००११२४४४ (नेपाल टेलिकम)/९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । यो योजना प्रथम ५०० जागरुक उपभोक्तालाई लक्षित गरिएको छ र मङ्सिर महिना भरिको लागि लागू हुने कम्पनीले जनाएको छ ।

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

बेष्ट फाइनान्स एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

झापामा ‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा : रेड्मी नोट १४प्रो+५जी
दिखुवाखोलामा मोटरेबल पुल निर्माण थालियो, ५ करोड ५० लाख रूपैयाँ खर्च लाग्ने

पहिराले उदयपुरका ग्रामीण सडक अवरुद्ध

सुनचाँदीकै मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

प्रतिक्रिया