सर्लाही सदरमुकाम मलङ्गवामा गएरातिदेखि अनिश्चितकालिन कर्फ्यू

सर्लाही- जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाममा मलङ्गवा नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार सो कर्फ्यू बिहीबार राती १० बजेदेखि अनिश्चित कालसम्म जारी रहने छ ।
गणेश मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर मलङ्गवा नगरपालिका क्षेत्रमा झडपको स्थिति देखा परेको थियो । सो क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधिलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार पुरानो मलङ्गवा नगरक्षेत्र, पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट र बाबा पेट्रोल पम्प सीमा भित्र सो कर्फ्यू लागु हुनेछ ।
जिप्रकाका अनुसार सो क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाइने जनाएको छ ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया