आज पनि देशभरका सामुदायिक विद्यालयको पढाई अवरूद्ध

काठमाडौँ- आन्दोलनरत शिक्षक संगठनले आज पनि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन ।
गत असोज ३ गतेदेखि देशैभरीका सरकारी शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरे पछि राजधानीको दैनिकी अस्तब्यस्त बन्न पुगेको छ ।
सरकारले हालै ल्याएको विधेयकले सरकारी शिक्षक, राहत शिक्षकलगायतलाई अन्याय गरेको भन्दै अबिलम्ब सो विधेयक सच्चाउनु पर्ने माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आफ्नो माग पुरा नभएसम्म काठमाडौँ नछाडने अडान लिएपछि सरकार अप्ठयारोमा परेको छ ।
यता शिक्षक संगठनको आन्दोलनले काठमाडौँ उपत्यकाको ट्राफिक अवस्था अस्तब्यस्त हुन पुगेको छ । जसका कारण हिजो दिनभर काठमाडौं उपत्यकामा घन्टौसम्म ट्राफिक जाम भएको थियो भने माइतीघर बानेश्वर सडक खण्डमा सबारी आबातजावत रोकिएको थियो । आन्दोलन जारी रहने भएपछि काठमाडौं उपत्यकाको सवारी आवाताजावत पुरै प्रभावित हुने भएका छन् ।
सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पढाई आज पनि अवरूद्ध भएको छ । गत वर्षको तथ्याङ्कअनुसार हाल देशभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् । जसमा ५३ लाख ८२ हजार ६ जना विद्यार्थी अध्ययन गर्छन् । त्यस्तै स्थायी, अस्थायी र राहत गरेर एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् ।
गत असोज ३ गतेदेखि देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई वार्तामा बोलाएर समाधान खोज्न लागेको हो ।

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

प्रतिक्रिया