ओखलढुंगाको रुम्जाटारबाट ‘डिग्री माइला’ सुरु

काठमाडौँ - निर्देशक रामबाबु गुरुङ सुटिङका लागि आफ्नो घर पुगेका छन् । गुरुङ ओखलढुंगाको रुम्जाटारका स्थायी बासिन्दा हुन् । उनले नयाँ फिल्म ‘डिग्री माइला’को सुटिङ यही ठाउँबाट सुरु गरेका छन् । बेरोजगार युवकको तिलस्मी सपनामाथि बन्ने फिल्ममा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहनेछ ।
निर्देशक गुरुङले पहिलो दिन क्यामरा पूजा गरेको तस्बिर राख्दै सुटिङ सुरु भएको जनाऊ दिएका छन् । जानकारीमा आएअनुसार यो फिल्मको पहिलो सेड्युल १५ दिनको हुनेछ । बाँकी सुटिङ मंसिरमा गर्ने निर्माण टिमको योजना छ ।
‘कबड्डी’ सिरिजका फिल्मबाट सफलता पाउँदै आएका गुरुङ यो बाहेकका फिल्ममा भने असफल रहँदै आएका छन् । यसैले ‘कबड्डी ’को नयाँ शृंखला बनाउने चर्चाबीच फ्लोरमा गएको ‘डिग्री माइला’लाई चासोका साथ हेरिएको छ । निर्माण टिमले चलचित्र नयाँ वर्ष प्रदर्शन गर्ने जानकारी गराएको छ । यही मितिमा बाँकी दुई फिल्मले पनि प्रदर्शन हुने घोषणा गरेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया