बागमती सरकारले मदन भण्डारी फाउन्डेशनलाई ५० लाख दिने निर्णय फिर्ता लिने

हेटौंडा : विपक्षी दलहरूले चर्को विरोध गरेपछि बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेशनलाई ५० लाख रुपैयाँ दिने निर्णय फिर्ता लिने भएको छ । बिहीबार ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय सवारी खरिदको विस्तृत जानकारी संसद्मा गराउने र फाउन्डेशनलाई दिने ५० लाख फिर्ता लिने प्रतिबद्धता जनाएका हुन् ।
बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले पटक-पटक विद्युतीय बसको खरिद प्रक्रिया रोक्न र फाउन्डेशनलाई दिने भनिएको ५० फिर्ता लिने निर्णय गर्न भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो ।
बैठकमा जेठ १६ मा बोलाइएको प्रदेश सभा सञ्चालनबारे छलफल भएको थियो । विपक्षी नेपाली कांग्रेसले पनि यी दुई विषय लागू गरिए संसद् चलाउन अवरोध नगरिने बताएको छ ।
बैठकमा प्रदेशले कोभिड-१९ विरुद्धको खोप ल्याएर नागरिकलाई लगाउने, कोभिड रोकथाम र उपचारमा सरकार अघि बढ्नु पर्ने विषयमा छलफल भएको नेमकिपा नेता सुरेन्द्रराज गोसाईले जानकारी दिए । उनले नेमकिपाले नेतृत्व गरेको भक्तपुरको एक नगरमा प्रदेश र संघ सरकारले सहयोग नगरेकोप्रति बैठकमा विरोध जनाएका थिए ।
अक्सिजन प्लान्ट संचालन गर्न भक्तपुरमा एमालेले नेतृत्व गरेको ३ नगरमा अक्सिजन प्लान्ट सञ्चालन गर्न ९ करोड बजेट विनियोजन गरेको तर नेमकिपाले नेतृत्व गरेको नगरमा बजेट नछुट्याएको प्रति पनि नेमकिपाले विरोध गरेको छ । मुख्यमन्त्री पौडेलले यसबारे ध्यान दिने बताएका छन् ।
बैठकमा कोभिडकेन्द्रित भएर आगामी नीति तथा कार्यक्रम आउन ुपर्ने विपक्षी दलका नेताहरूले बताएका थिए ।
बैठकमा कांग्रेसका तर्फबाट इन्द्र बानियाँ, राधा घले, माओवादीका तफएबाट शालिकराम जम्मकट्टेल, युवराज दुलाल, नेमकिपाका सुरेन्द्रराज गोसाई, विवेकशीलका रमेश पौडेल, राप्रप्राकी रिता माझी, एमालेका दिपक निरौलालगायतको सहभागिता थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया