श्रीलङ्कालाई चीनले पाँच लाख खोप सहयोग गर्ने

बेङजिङ : चीनले श्रीलङ्कालाई कोरोना भाइरसविरूद्धको पाँच लाख मात्रा खोप प्रदान गरेको छ ।
पछिल्लो समयमा भारतमा कोभिड–१९ को अभाव सामना गर्नु परेपछि श्रीलङ्कालाई कोरोना खोप उपलब्ध गराउन सकिरहेको थिएन ।
बुधबार दोश्रो चरणको चिनियाँ खोप कोलम्बोमा पुगेको हो । यसअघि गत मार्चमा पाँच लाख मात्रा खोप श्रीलङ्का पुगेको थियो । अक्सफोर्ड अस्ट्राजेनेकाद्वारा विकास गरेको र भारतमा उत्पादन गरिएको कोभिशिल्ड खोप उपलब्ध गराउने भनिए पनि भारतीय अदालतले खोप तत्काल बाहिर नपठाउन गरेको आदेशसँगै अहिले भारतले अन्य देशलाई पठाउने भनेको खोप आपूर्तिलाई रोकेको छ । श्रीलङ्का सरकारले चिनियाँ साइनोफार्मबाट एक करोड ४० लाख मात्रा खोप लिने निर्णय गरेको छ ।
श्रीलङ्कामा अहिलेसम्म कोभिड सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाख ७४ हजारभन्दा बढी पुगेको छ भने सङ्क्रमितमध्ये एक हजार २९८ जनाको मृत्यु भएको छ । श्रीलङ्कामा पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ७८२ रहेको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया