भेरी अस्पतालमा संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण
डाक्टरसहित पाँच जना घाइते

बुटवल : कोभिड-१९ संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । मृतकका आफन्तबाट भएको आक्रमणमा परि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाईते भएको अस्पतालले जनाएको छ ।
जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा राती ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको अस्पतालले जनाएको छ ।
मृतकको कुरुवा समेत रहेका मानबहादुर रावत सहितको समूहले नसिंङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । घटना लगत्तै प्रहरीले मानबहदुर सहित ३ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजि गरिरहेको जनाएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमणको चौतर्फी निन्दा भइरहेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया