सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

एसियन गेम्सः महिला फुटबलर सरुको शल्यक्रिया सफल

काठमाडौँ- राष्ट्रिय महिला फुटबल खेलाडी सरु लिम्बुको घुँडाको सफल शल्यक्रिया भएको छ । चीनको हान्झाउमा जारी एसियन गेम्सअन्तर्गत भियतनामविरुद्धको खेलका क्रममा सरु घाइते भएकी थिइन् ।

भियतनामले नेपाललाई २-० ले पराजित गरेको खेलमा सरुको घुँडामा चोट लागेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार चीनको लोङवान अस्पतालमा सरुको शल्यक्रिया भएको थियो ।