बिहीबार २८ चैत, २०८१
Thursday, April 10, 2025

'पार्टीमा वरिष्ठ नेता धेरै हुँदा व्यवस्थापनमा समस्या'

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पार्टीमा वरिष्ठ नेता धेरै भएर उनीहरुको व्यवस्थापनमा समस्या देखिएको बताएका छन् । उनले नेताको व्यवस्थापनसँगै अब पुस्तान्तरण जरुरी रहेको बताए ।

पार्टीले महाधिवेशनको तयारी गरिरहेकाले यस विषयमा ध्यान दिनुपर्ने उनको धारणा छ । पुस्तान्तरण अबको बहसको विषय रहेको भन्दै त्यसका लागि अब दोस्रो पुस्ता तयार हुनुपर्ने उनको भनाइ छ । ‘तत्कालीन एमालेमा पार्टी वा सरकारको कार्यकारी पदमा दुई कार्यकालसम्म रहन पाउने भन्ने विधि बनाइएको थियो । साथै सक्रिय राजनीतिका लागि ७० वर्षे उमेर हदबन्दी पनि थियो । नेकपा गठनपछि ती प्रावधान हटाइए,’ रिमालले रासससँग भनेका छन् ।

रिमालले अहिले देखिएको विरोध र आरोपपत्रमा अराजनीतिक आग्रह, आवेग र कुण्ठा मिसिएको आरोप समेत लगाए । ‘समस्या वा कमजोरी छन् भने बसेर छलफल गर्न सकिन्छ,’ उनले भनेका छन्, ‘तर आवेग मिसिएको विरोधको नियत सही हुँदैन । त्यो एकताको भावनाविरुद्ध हुन जान्छ ।’

बैठकमा एकलरुपमा प्रस्तुत अराजनीतिक आरोपपत्रका आधारमा उत्पन्न विवाद हल गर्न त्यो पत्र निःशर्त फिर्ता हुनुपर्ने उनको माग छ । ‘एकल प्रस्ताव बैठकमा कसैले पनि लान पाउँदैन । सचिवालयले दुवै अध्यक्षलाई संयुक्त प्रस्ताव ल्याउन भन्नुपर्ने हो । एकता भङ्गको प्रयत्न कसैले पनि गर्नुहुन्न,’ उनले भनेका छन्, ‘प्रधानमन्त्री ओलीले जवाफ दिने भनिसक्नुभएको छ । उहाँले उक्त आरोपत्र अस्वीकार्य छ, छलफलका लागि योग्य नभएका त्यस्ता लाञ्छना पुष्टि हुँदा आफू अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा बसिरहन मिल्दैन र यदि आरोप पुष्टि नभएमा आरोप लगाउनेले जवाफदेहिता लिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले पार्टी विभाजन नचाहेको पनि उनले स्पष्ट पार्दै रिमालले भने, ‘फेरि पनि उहाँले मिलेर जानेकुरा गर्नुभएको छ ।’ तर, आरोप लगाउने नेताहरूले त्यस प्रस्तावलाई मित्रताको ठाउँ राखेर ल्याएका हुन या वार कि पारको हिसाबले ल्याए त्यो स्पष्ट हुनुपर्छ । त्यसकै आधारमा पार्टीको एकता र सहमतिको यात्रा तय हुनेछ । रासस

उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

जनताले महसुस गर्ने गरि काम गरौं,प्रचारबाजीका लागि होइन : उपप्रधानमन्त्री सिंह

जनताले महसुस गर्ने गरि काम गरौं,प्रचारबाजीका लागि होइन : उपप्रधानमन्त्री सिंह

महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्छ : राष्ट्रपति पौडेल

महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्छ : राष्ट्रपति पौडेल

महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिन्छ : उपराष्ट्रपति यादव

महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिन्छ : उपराष्ट्रपति या…

सेवाग्राहीसँग असल व्यवहार, नम्र र शिष्ट रुपमा प्रस्तुत हुनुः गृहमन्त्री लेखक

सेवाग्राहीसँग असल व्यवहार, नम्र र शिष्ट रुपमा प्रस्तुत हुनुः गृहमन्त्री लेखक

कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने

कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

पाणिनि क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ : प्रधानमन्त्री

पाणिनि क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ : प्रधानमन्त्री